अमेरिका छोडेर नेपालका गाउँगाउँ !

मेरो अभियान बारे एक अनलाइन पत्रिकाका लागि एक शसक्त युवा पत्रकार तथा मेरो सहपाठी श्री प्रतिमा सिलवाल ज्यू ले तयार पार्नु भएको रिपोर्ट

माघ ६ गते मेचीनदीकोे पानी छोएर विपिनले पैदल यात्रा सुरू गरे । पढाइ+गराई+भोगाई = शिक्षा हुनुपर्छ भन्ने विपिनको मान्यता छ । १८ हजार रुपियाँले दुई महिनाको पदयात्रा पूरा भयो । दुई महिनामा एक हजार तीन सय ६० किलोमिटर पैदल यात्रा गरे । गएको चैत १२ गते महाकाली नदीमा पुगेर यात्रा टुङ्ग्याए ।

– प्रतिमा सिलवाल

East West Walk Bipin Tripathi Nepal Mechi Mahakaali

काठमाडौं, ५ असोज । अमेरिका, बेलायत, युरोपका देशहरू पुगेर पैसा कमाउने धुनमा दिनप्रतिदिन दुतावास धाइरहेका छन्, नेपाली युवाहरू ।

तर, एक नेपाली युवक अमेरिकालाई त्यागेर नेपाली गाउँ चहार्दैछन् ।

धादिङको मलेखुका २७ वर्षे विपिन त्रिपाठी अमेरिकी बसाईँ त्यागेर नेपाल फर्किएका हुन् ।

तीन वर्षअघि विपिन नेपाल फर्किएपछि परिवारका सबै दुःखी भएका थिए । “त्यति राम्रो कमाई छोडेर फर्किएकोले गर्दा परिवारका सबै दुःखी थिए,” उनी भन्छन् ।

सन् २०११ मा नेपाल फर्किन उनलाई केही कुराले प्रेरित गरेको थियो । ‘अमेरिकामाका युवायुवतीहरूले आफ्नो नाम कुमारी, गोपी, नारायणी, मिनाक्षीआदी राखेर भजन गाउने र ध्यान गर्ने गरेको देखेँ ।

नेपालमै बसेर आफ्नो धर्मसंस्कृतिको प्रवद्र्धन गर्न सकिन्छ भन्ने लाग्यो र फर्किएँ । त्यसमाथि नेपालबारे छापिएका नकारात्मक खबर दिनदिनै पढ्नुपथ्र्यो ।

नेपालमा असल सन्देश बाँड्ने युवाको अभाव खड्किएछ भन्ने लाग्यो र फर्किएँ । नेपालको शिक्षा नीति पनि त्यति ठीक लागेन । यसबारे थप बुझ्ने इच्छाले मलाई नेपाल फिर्ता ल्यायो,’ उनी भन्छन् ।

नेपाल फर्किएपछि विपिनले पूर्वदेखि पश्चिमसम्म पैदल यात्रा गर्ने संकल्प बनाए । लुम्बिनी पैदल यात्राका क्रममा नेपालको शिक्षा नीति अव्यावहारिक लाग्यो, उनलाई ।

“शिक्षा नीति परिवर्तन होस् भन्ने माग अभिभावकबाट आउनुपर्छ,” विपिन भन्छन्, “अभिभावकामा शिक्षाको व्यवहारिकताको खाँचो बुझाउन मेची महाकाली पैदल यात्राको उद्देश्य रह्यो ।” ०७० माघ ६ गते मेचीनदीकोे पानी छोएर विपिनले पैदल यात्रा सुरू गरे ।

पढाइ+गराई+भोगाई = शिक्षा हुनुपर्छ भन्ने विपिनको मान्यता छ । युवाहरू विदेश पलायन हुनुको पछाडि व्यावहारिक शिक्षा प्रणाली नभएको उनको मान्यता छ ।

Bipin Tripathi with Local Children in Lamahi Bazaar

१८ हजार रुपियाँले दुई महिनाको पदयात्रा पूरा भयो । विपिनले गाउँ गाँउका आमाहरूलाई भेटे । उनको सिद्धान्त थियो, आमा पहिलो गुरु हो ।

उनले दुई महिनामा एक हजार तीन सय ६० किलोमिटर पैदल यात्रा गरे । गएको चैत १२ गते महाकाली नदीमा पुगेर यात्रा टुङ्ग्याए ।

विपिन नेपालमा नयाँ शिक्षा लागु हुनुपर्छ भनेर लागिरहेका छन् । सीपसहितको व्यवहारिक शिक्षा विद्यालय तहदेखि सुरू गराउन अभिभावकहरू अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

अहिलेको शिक्षा नीति परिवर्तन गर्न सम्भव छ भन्ने देखाउनेखालको पुस्तक तयार गर्न थालेका छन्, विपिन ।

विपिन बाल्यकालदेखि नै अमेरिकाका सपना बुनेका युवा हुन् । तर, उनले जीवनमा यो ‘सीप आफ्नो हातमा हुनैपर्छ’ भन्ने बुझेनन् ।

न त परिवारले सिकाए । त्यसैले अमेरिकामा पुगेर तीन महिनासम्म भाँडा माझे विपिनले ।

त्यो दिन सम्झिएर आफूले लिएको शिक्षाप्रति उनलाई वितृष्णा हुन्छ ।

आफूजस्तै पढेका युवामा पलाएको वितृष्णा थप अरूमा नआओस् भन्नका लागि यो अभियान सफल पारेरै छोड्ने उनको निर्णय छ । विपिन आफ्नो अभियानमा दृढ छन्, “व्यवहारिक शिक्षाबाट छोराछोरीलाई स्वावलम्बी बनाउन अभिभावकलाई सचेत गराएरै छोड्छु ।”

Link to the page where it was published: http://puleso.com/?post_type=news&p=36738

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s