शिक्षित नेपाली नागरिक का विशेषता के के हुनुपर्ने ?

नेपालमा शिक्षाको शुरुवात

प्रचलित शिक्षाको धेरै पुरानो इतिहास छैन । प्राचिन गुरुकुल शिक्षा लाई हामिले धेरै पहिले नै छाडिसकेका थियौँ । शुरुको समयमा हिन्दु तथा वौद्ध धर्म अन्तर्गतका संस्थाहरुले शिक्षा दिन्थे । एक समय राज्यमा श्रोतको अभाव हुँदा यी सम्पुर्ण संस्थाहरुको सम्पति जफत गरिएको कुरा विभिन्न नेपालको शैक्षिक इतिहास सम्बन्धि पुस्तक हरुमा उल्लेख गरिएको छ ।
भारतमा ब्रिटिस शासनको समयमा शुरु गरिएको अंग्रजी शिक्षाको नक्कल गर्दै केहि अंग्रेज र बंगालिबाबुहरुको सहायतामा, १९१० मा तत्कालिन राजा जंग बहादुर राणाले दरबार भित्र शुरु गरेको शिक्षा नै आजको प्रचलित शिक्षा हो ।

शिक्षा किन ? शिक्षित नागरिकका विशेषता के हुने ? 

शिक्षा मार्पmत राज्यले प्रत्येक व्यत्तिमा अन्तर्निहित प्रतिभा र व्यत्तित्व विकासको सम्भावना लाई प्रस्फुटित गर्दै योग्य तथा सक्षम नागरिक तयार गर्ने उद्देश्य राखेको छ । समाजको आधुनिकिकरणमा सहयोग गर्न सक्ने राष्ट्रसेवक तयार गर्न राज्यले वर्षेनि करिब १८ अर्ब बजेट (*) शिक्षामा खर्च गर्दछ । राज्यले तोकेको शिक्षाका तहगत उद्देश्यहरु निम्नानुसार छन् ।

पा्र. वि. तहको शिक्षाको उद्देश्य (कक्षा १ देखि ५ सम्म): शिक्षालाई वाल केन्द्रित गरी उनीहरुमा अन्तर्निहित क्षमताको विकास गर्ने ।
नि. मा. वि. तहको शिक्षाको उद्देश्य (कक्षा ६ देखि ८ सम्म): राष्ट्र र प्रजातन्त्र प्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरण प्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रम प्रति सकारात्मक प्रवृति भएका स्वस्थ, स्वावलम्वि एवं चरित्रवान नागरिक तयार गर्ने ।

मा. वि. तहको शिक्षाको उद्देश्य (कक्षा ९ र १० सम्म): राष्ट्रिय परम्परा, संस्कृति एवं सामाजिक वातावरणसँग परिचित, प्राजातान्त्रिक मूल्य र मान्यतासँग परिचित, वैज्ञानिक सुझबुझ भएका सिर्जनशील, सहयोगि, उद्यमशील, स्वावलम्वि एवं आर्थिक विकासमा टेवा पु¥याउन सक्ने स्वस्थ र सक्षम नागरिक तयार गर्ने ।

राज्यले उल्लेख गरेको उद्देश्यहरुको आधारमा एस. एल. सि. उत्तिर्ण गरेका विद्यार्थीरुमा निम्न गुण तथा विशेषता हुनुपर्दछ ।

१) भाषिक शुद्धता
२) प्रतिभावान
३) श्रम गर्न रुचाउने
४) स्वस्थ र सक्षम
५) स्वावलम्वि
६) सिर्जनशील
७) वैज्ञानिक सुझबुझ भएको
८) सहयोगि
९) उद्यमशील
१०) स्वाभिमानि
११) समाज र राष्ट्र प्रति सकारात्मक
१२) देशको आर्थिक विकासमा टेवा पु¥याउन सक्ने

Presented By:
मेचि–महाकाली पैदलयात्री विपिन त्रिपाठी
मलेखु, धादिङ्ग ( हाल कलंकि, काठमाण्डु )

*Budget on Education is an assumption

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s