के नेपालको वर्तमान शिक्षा प्रणाली बालबालिकाको हितमा सहि छ ?

शिक्षाको महत्व विशाल हुँदाहुँदै पनि राज्य र हाम्रा अधिकांश शिक्षाका सञ्चालकहरु एउटा यस्तो शिक्षा सञ्चालनमा जुटिरहेका छन् जहाँ शिक्षाको नाममा मात्र सुचनाहरुको अध्यापन गराइन्छ । विद्यार्थीका नैसर्गिक क्षमता र गुण तथा विशेषता को पहिचान गरी तीनको संरक्षण र विकास गर्ने कुरा त परै जाओस्, उनीहरुले त्यही सुचनाले भरिएका पाठ याद गर्न सके कि सकेनन् भन्ने मूल्याङ्कन कै आधारमा उनीहरुलाई पास र फेल गरिन्छ । घोकेर राम्रो अंक ल्याएको भरमा कतिले स्याबासी पाउँछन् । अर्कातिर घोक्न नसक्ने तर आफ्नै विशेषता भएका, कोही चित्र राम्रो बनाउने, कोही कुद्न सक्ने, गाउन सक्ने, नाच्न जान्ने, राम्रो बजाउने, मिठो बोल्ने हरुले भने नंबर ल्याउन नसकेको भएर स्याबासी कहिल्यै पाउँदैनन् । वर्षेनी एस.एल.सी. पास गर्न नसकी आत्महत्या गरि जीवन नै टुङ्गयाउन बाध्य हुने विद्यार्थीहरु बाट उनीहरु कति त्रसित छन् भन्ने अड्कल गर्न सकिन्छ – शिक्षा, परिवार र समाज देखि !

education-system-cartoon

हाम्रो वर्तमान शिक्षा पद्धतीले निम्त्याएको यो मर्मस्पर्शि अवस्थालाई माथिको चित्रले प्रष्ट गर्दछ । यस कार्टुन चित्र बारे वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका छन् “सबै सँग केही विशेषता हुन्छ नै । तर, एउटा माछाको मूल्याङ्कन यदि एउटा रुख चढ्ने परिक्षाबाट गर्ने हो भने यसले जिवन भर आफुलाई अशक्षम ठान्नेछ ।”

एक चोटि विचार गरौँ– माछा, जसलाई बाच्नको निम्ति पानिमै रहनु पर्छ र जसको विशेषता तथा क्षमता पानि भित्र नै उपयुत्त छ, यस जीव र पानि बाहिर रहने जीवको मूल्याङ्कन कसरी एउटै परिक्षा बाट गर्न सकिन्छ ? के दुबै लाई एउटै विद्यालय पठाई एउटै पुस्तक पढाउनु उपयुत्त हुन्छ ? यी जीवहरुको जस्तै हाम्रा नानीहरुको पनि क्षमता फरक फरक हुन सक्दैनन् र ? सबै नानिहरुलाई अक्षर चिनाउनु आवश्यक हुन्छ तर के सबै नानीहरुलाई एकै तरिकाले सिकाउन वा बुझाउन सकिन्छ त ?

त्यसो हो भने अब यहाँले प्रश्न गर्न सक्नुहुन्छ कि वर्तमान शिक्षा किन र के का लागि चलाइएको छ ? यसको विशेषता के हो ?

Producing those who follow the system, educationकरिब ३० वर्ष पहिले यसले बैंक, कार्यालय तथा राज्य संचालन गन आवश्यक कर्मचारि तयार गर्न मद्दत पु¥याएको थियो तर अब जागिर नै नपाइने अवस्थामा जागिरे हरु मात्र तयार गर्न सक्ने शिक्षा पद्धति कति समय सम्म चलाइराख्ने हो ?

शिक्षा विभागको तथ्याड्ढ हेर्ने हो भने हरेक वर्ष करिब ६ लाख विद्यार्थीहरु कक्षा १ मा भर्ना ह।न्छन् । त्यस मध्ये ४ लाख विद्यार्थी मात्र कक्षा १० सम्म पुग्छन् । त्यसमध्ये पनि करिब आधा विद्यार्थीहरुले मात्रै एस एल सि परिक्षा पास गर्न सक्दछन् । यसको मतलब हाम्रा विद्यालयमा हरेक वर्ष करिब ४ लाख विद्यार्थी गायब हुन्छन् ।

यसरि हाम्रो शिक्षा व्यवस्थाले एकातर्पm सम्पुर्ण वालवालिकाहरुलाई समेट्न सकेको छैन भने अर्कातर्पm यसमा संलग्न हुने हरुलाई सक्षम बनाउन पनि यो पद्धति चुकेको छ ।

Presented By:
मेचि–महाकाली पैदलयात्री विपिन त्रिपाठी
मलेखु, धादिङ्ग ( हाल कलंकि, काठमाण्डु )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s