भारतीय प्रम श्री मोदी को नेपाल भ्रमण बारे मेरो विश्लेषण

छिमेकमा श्री मोदी जस्तो संस्कार वान नेताको उदय संगै अव नेपाल मा पर्ने सकारात्मक प्रभाव यो हुनेछ कि – आर्थिक प्रलोभनमा परि देशका विरुद्ध दलाली गरिरहेका हरु र राष्ट्र प्रति घात गरिरहेका हरुको वास्तविक रंग प्रष्ट देखिने छ।

indian-pm-shri-modi-receiving-guard-of-honor-by-army-personnel-in-kathmandu

Honorable Indian PM Shri Narendra Modi receiving guard of honor offered by Nepali Army personnel in Kathmandu

सवा सय करोड भारतीय नागरिक लाई दिएको ‘अच्छे दिन’ को बाधा पुरा गर्नको निम्ति मोदीले नेपालको सहयोग खोजेका छन्। मोदी तब मात्र यसमा सफल हुनेछन जब उनले नेपाली सार्वभौमता लाई सम्मान गर्दै नेपाली संग विकासका काममा काँध मा काँध मिलाई जान तयार हुन्छन। यहाँ विडम्बना, हाम्रा नेताले व्यक्तिगत रुपमा के खोज्छन भारत तथा अन्य मुलुक बाट भन्ने कुराको उत्तर सायद हरेक नेपालीले नसोचिकनै दिन सक्छन।

देश र जनताको हित मा काम गर्न सक्ने नेता हामीले तयार गर्न सकेनौं आज सम्म पनि। यसको दोषी हामि छौं र सजाय पनि भोगिरहेको अवस्था हो।

मैले सकारात्मक भएर भन्नु पर्दा मोदी जी को नेपाल भ्रमण पछि हाम्रा नेताहरुको अवचेतन दिमाग मा केहि राम्रो भाव आउने छ। उनीहरुमा आफ्नो कर्म प्रति उत्तरदाइत्व बढ्नेछ ।

श्री मोदी जी ले यो नेपाल भ्रमणको क्रम मा भारत लाई मात्र नभएर सारा विश्व लाई देखाई दिएका छन् कि नेपाल र नेपाली संग कसरि व्यवहार गर्नुपर्छ।

अब केहि व्यक्ति तथा समुहले सहि बाटो समात्न ढिला नगरोस्। आफुलाई हिन्दु धर्मको ठेकेदार भन्नेहरु, तोपले जीत्न नसकेको युद्ध पोप को सहायताले जीत्न खोज्ने हरु ( जसले पैसाको खोलो बगाएर पाठ्यक्रममा नै चर्च छिराए ), क्रान्तिकारी भन्ने हरु, सिद्दान्त को मात्र खेति गर्ने हरु, डलर कमिसन खाँदै शब्दमा घृणा रोप्नेहरु, जातजातिमा बिखन्डन ल्याउने हरु र नेपालि जनतालाई जीवन भर एक श्रमिक को रुपमा राख्न खोज्नेहरु – अब तिमीहरु सबका दिन गए भन्न मन लागेको छ, त्यो साहस पलाएको छ, आशा जागेको छ।

आफु गर्न पनि नजान्ने, गर्न अघि नसर्ने, नगर्ने, अनि अरुले तिमीहरुले गर्न सक्छौ भन्दा भन्दा पनि किन हामि बांगो टिङ्गो कुरा गर्न पट्टि लाग्ने ? कहिले काहिँ यस्तो हुन्छ कि हामि खुसि भइरहेका हुन्छौं तर किन भयो कसरि भयो के कारण छ खोज्न तिर लाग्छौं र त्यो खुसीलाई हामि स्वीकार्न सक्दैनौं। गर्ने हामीले नै हो, तर सकारात्मक भएर।

जय प्रकृति, जय मातृभूमि !

Presented By:
मेचि–महाकाली पैदलयात्री विपिन त्रिपाठी
मलेखु, धादिङ्ग ( हाल कलंकि, काठमाण्डु )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s