शिक्षामा आजको आवश्यकता के हो ?

मानिस आफु उत्सुक रही सिक्छन् र आफुले सिकेका कुरा अरुलाई पनि सिकाउन सक्छन् । सुशिक्षित हुनु अति आवश्यक छ किनकी सही शिक्षाले नै हाम्रो शारीरिक, मानसिक, बौद्धिक, चारित्रिक, सामाजिक र भावनात्मक क्षेत्रहरुको समान रुपले विकास गरी आजको देश, काल, अवस्थाले खोजिरहेको जस्तो सक्षम, स्वस्थ, इमान्दार, मिहिनेती, स्वाबलम्बि र विवेकी मानव तयार गर्न सक्छ । यहि मानव ले नै मरुभुमिमा हराएको आजको हाम्रो समाजलाई ज्ञान, बुद्धि, विवेक, विज्ञान र प्रविधि को प्रयोग गरी सही बाटो तर्फ अथवा भनौँ अन्धकार बाट उज्यालो तर्फ डो ¥याउन सक्छ ।

आजको समयमा शिक्षाको भुमिका भनेको नेपाल लाई एक शान्त र समृद्ध देशको रुपमा पुनस्र्थापित गर्न यसको विशेष सम्वाभना भएका कृषि, संस्कृति र पर्यटन को क्षेत्रमा नेतृत्व लिन सक्ने शिक्षित युवाहरु तयार गर्न सहयोग पु¥याउनु हो र यसका लागी आवश्यक हुन्छ एक व्यावहाकि तथा वैज्ञानिक शिक्षा प्रणालीको स्थापना गर्नु ।

विद्यालयहरुले हाम्रा नानीहरुलाई वाल्यअवस्था देखि नै शिक्षा प्रति सकारात्मक बनाउन सक्नु पर्दछ । उनीहरुको अन्तर्निहित क्षमताको पहिचान गरि त्यसको विकासमा सहयोग पु¥याउने, निश्चित उमेर सम्म किताब अध्ययन भन्दा पनि प्रकृति सँग रमेर अनि विभिन्न खेल तथा कथाका माध्यमबाट जीवन र जगत बारे उनिहरुको जिज्ञासा मेट्ने तिर ध्यान दिनु पर्छ ।

वालवालिकाको क्षमता र रुचि अनुसार, उनीहरुले कसरी प्रभावकारी रुपमा सिक्न सक्छन त्यसरि नै शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न सक्ने, वाल मनोविज्ञान बुझेका शिक्षकहरुले मात्रै आजको युगले मागे जस्तो सक्षम र योग्य नागरिक तयार गर्न सक्दछन् |

Presented By:
मेचि–महाकाली पैदलयात्री विपिन त्रिपाठी
मलेखु, धादिङ्ग ( हाल कलंकि, काठमाण्डु )

.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s